प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक नाफा घाटा जे भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबल गर्ने बताएका छन् ।
मंगलबार संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस तत्कालीन नाफा–घाटा हेरेर कर्तव्यच्युत नहुने बताएको बैठकपछि सांसद गगन थापाले जानकारी दिए ।
तत्कालीन नाफा–घाटा हेरे कर्तव्यबाट च्युत भयो भने नेपाली कांग्रेसको छुट्टै परिचय रहँदैन । यसको नाफा–घाटा जेसुकै होला, नेपाली कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ । यो नेपाली कांग्रेस नेतृत्वले प्रस्तुत गर्न लागेको विधेयक होइन । प्रतिपक्षमा रहँदा र सरकारमा रहँदा डबल स्टान्डर राख्दैन,” प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै थापाले भने ।
बैठकमा देउवाले संसद्मा उक्त प्रस्ताव टेबल गर्ने वातावरण बनाउन आफूले सभामुखलाई भनिसकेको जानकारी गराएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।