शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बुधबारको संसद बैठकमा एमसीसी पेश हुन्छः नेता कोइराला


  • मंगलबार, फाल्गुन ३ २०७८
9.5K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए ।

नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।

त्यस्तै पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । एमसीसीबारे ब्रिफिङकै लागि उनी बैठकमा सहभागी भएका थिए ।

यस्तै  काँग्रेसकी नेतृ सुजाता कोईरालाले एमसीसी पास गर्न ढिलाई गर्न नहुने बताइन् । उनले एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पास गर्नुपर्ने बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा