शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भोलिको संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय


  • मंगलबार, फाल्गुन ३ २०७८
7.1K
SHARES

प्रधानमन्त्री शेर बहादुर देउवा । तस्विरः फाइल

नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको स्रोतको दावी छ ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ ।

यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा