मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

चुनावमा गठबन्धन नगरौं, आफ्नो अस्तित्व जोगाऔं : शशांक कोइराला


  • बिहिबार, माघ २७ २०७८
13K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन्।

बिहिबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिमा बैठकमा आफ्ना धारणा राख्दै कोइरालाले आफ्नो अस्तित्व जोगाउनुपर्ने भन्दै गठबन्धनमा बस्न नहुने बताएका छन्।

‘हाम्रो अस्तिस्व जोगाउनुपर्छ। हामी गठबन्धनमा जानुहुँदैन,’ आफूले बैठकमा राखेका धारणाबारे पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले भने,‘मेरो धारणामा अधिकांश साथीहरू पोजेटिभ हुनुभएको छ।’

नेता कोइरालाले एमसिसी नेपालले स्वीकार गर्नुपर्ने विषयमा छलफल भएकोसमेत जानकारी दिए।

बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा छलफल भएको र यसलाई जनतामा गएर सम्झाउनेबारे छलफल भएको नेता शशांक कोइरालाले जानकारी दिए।

‘एमसीसीको बारेमा जनतामा गएर सम्झाउने हो। यो नेपालका लागि राम्रो हो। कुनै अमेरिकी सेना यहाँ आउने होइन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा