शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइए : प्रचण्ड


  • बिहिबार, माघ २७ २०७८
8.2K
SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको आरोप लगाएका छन् ।

बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए ।

उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । ‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो ।

त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो’, प्रचण्डले भने, ‘त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा