शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मन्त्री आलेविरुद्ध बतास समूह अदालत पुग्यो


  • बिहिबार, माघ २७ २०७८
13.1K
SHARES

फाइल तस्विर

सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ। मन्त्रीबाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।

‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट आएको छ तर दर्ता भएको छैन,’ प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले भने, ‘अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ।’

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्ने तयारी गरेको क्याफ्टेरियालाई मन्त्री आलेले रद्द गरिदिएका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले करोडौं रुपैयाँ घाटा भएको भन्दै क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा