शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मधेसमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको माग


  • बुधबार, माघ २६ २०७८
9.8K
SHARES

फाइल तस्विर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्नुपर्ने बताएको छ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। तर वैशाखमै निर्वाचन गर्दा मधे प्रदेशका जनप्रतिनिधिहरुका लागि अधिकार वञ्चित हुने लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताएका छन्।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मधेस प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५-६, २०१६-६ र २२०-५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधाको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा