मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित बालाजुबाट एक जना पक्राउ


  • बुधबार, माघ २६ २०७८
11.5K
SHARES

फाइल तस्विर

प्रहरीले स्रोत नखुलेको ७० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी-३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं- १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो ।
प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।

बरामद गरिएको रकम आपराधिक कार्यबाट आर्जित भएको हुनसक्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धिकरण विभागलाई पनि आवश्यक अनुसन्धानको लागि अनुरोध गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा