आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

स्थानिय तहमा एमाले एक्लैले ल्याउँदैछ बहुमत , बाहिरियो यस्तो हिसाबकिताब !


  • मंगलबार, माघ २५ २०७८
9.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता केशव बडालले स्थानिय तहको निर्बाचनमा एमाले एक्लैले बहुमत ल्याउने प्रक्षपण गरेका छन् । उनले अर्को चैतमा स्थानीय तहको निर्वाचन गर्ने भनेर बुरुबुरु उफ्रिरहेका झुन्डको दबाबका अघि नझुकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा समेत गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “निर्वाचन आयोगले कात्तिक ८ देखि नै स्थानीय तह निर्वाचनका लागि ताकेता गर्दा प्रधानमन्त्रीलाई वरिपरि घेरेर बसेको झुन्ड संविधान, कानुन, प्रस्तावना नबुझेर अर्को वर्ष चैतमा गर्ने भन्दै बुरुबुरु उफ्रिरहेको थियो ।

तर चुनाव नगराउन भयानक दबाब दिने तत्त्वलाई बेवास्ता गर्ने आँट प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभयो । म प्रधानमन्त्रीजीलाई धन्यवाद दिन्छु ।”
जमिनदारी चिन्तन भएका मानिसले स्थानीय तहलाई कमजोर बनाउने प्रपञ्च गरेको बडालको आरोप छ ।

उनले थपे, “साँच्चैको सरकार भनेको स्थानीय सरकार हो । मुलुकका ७५३ वटा स्थानीय सरकार लोकतन्त्रलाई सबल, सक्षम र प्रभावकारी बनाउने माध्यम हुन् ।

जमिनदारी चिन्तन भएका मानिसले स्थानीय तहलाई कमजोर बनाउने प्रपञ्च गरी प्रधानमन्त्रीलाई पनि अप्ठ्यारोमा पारेका थिए । अब अगर मगर केही पनि नगरीकन स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ ।”

एमालेलाई स्थानीय तह निर्वाचनमा जान कसैको बैसाखी नचाहिने उनले बताए । उनले भने, “विचार, व्यवहार, आचरण मिल्ने कसैसँग कुनै न कुनै समीकरण हुन सक्ला । तर आम रुपमा एमालेलाई कसैको बैसाखी चाहिँदैन । हामी कसैसँग गुहार माग्न जाँदैनौं ।”

विभाजनको असर पर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “माधव नेपालको कुनै पार्टी छैन । गैर सांसदलाई २० प्रतिशत मानेर रातारात बनाएको पार्टी हो ।

अपराधी मानसिकता मानिसहरुको बल र मद्दतबाट जबर्जस्ती मान्यता पाएका हुन् । लेखेर राख्नुस्, एमालेले स्थानीय तहका ६७४३ मध्ये ६५ देखि ७० प्रतिशत वडा र गाउँ र नगरपालिका ५५ देखि ६० प्रतिशत जित्छ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा