मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

सरकारले भन्यो –चीनसँग सीमा विवादको वास्तविकता उपयुक्त समयमा बाहिर ल्याइन्छ


  • मंगलबार, माघ २५ २०७८
9.2K
SHARES

फाइल तस्विर

सरकारले चीनसँगको सीमा विवादसम्बन्धी विषय वास्तविकताका आधारमा उपयुक्त समयमा बाहिर ल्याउने बताएको छ ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताएका हुन् ।

उनले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताए । मन्त्री कार्कीले सरकार छिमेकी देशहरुसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि बताए ।

सरकारका प्रवक्ता कार्कीले भने, ‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिपोर्टहरूको आधारमा होइन वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ ।

हाम्रो सीमा चाहे भारतसँग होस् चाहे चीनसँग, सिमामा कुनै समस्या छन् भने ती समस्याहरुलाई सरकार कूटनीतिक ढङ्गले समाधान गर्ने छौंँ । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सदैव प्रयत्नशील रहन्छ ।’

प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा