शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रतिक्रियावादीहरू माओवादीलाई घेरा हालेर सखाप पार्न लागे : प्रचण्ड


  • मंगलबार, माघ २५ २०७८
11.9K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको बताएका छन् ।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’सहितलाई पार्टीमा स्वागत गदै उनले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य–भविष्यका लागि अझै लड्न माओवादी शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ छ ।

“माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,” उनले भने, “हामी यति ठूलो परिवर्तनका वहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।”

प्रचण्डले जनतासँग जोडिएर आन्दोलनलाई केन्द्रित गरेर माओवादी विजयी हुने पनि बताए । “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन,” उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा