बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् ।
ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले दिएको जाहेरी दर्ता भइसकेको छैन ।
जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । ती शिक्षिका र सांसद बानियाँबीच लेनदेनको बिषयसमेत रहेको बुझिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । प्रहरी अधिकृतको सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।