आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

शेखर कोइराला पक्षले भित्र भित्रै यती सम्मको तयारी गरिसकेको सूचना जब देउवाको कानमा पुग्यो …


  • मंगलबार, माघ २५ २०७८
11.2K
SHARES

फाइल तस्विर

लामो समय सम्मको अन्यौला र अनिश्चिताका विच सरकारले वैशाख ३० गते एकै चरणमा देशभर स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारको यस्तो घोषणा सँगै चुनावी माहोल तातेको छ ।

निर्वाचन आयोगले युद्ध स्तरमा तयारी अघि बढाउँने भन्दै चुनावको मिती घोषणा हुना साथ काम थालेको छ । स्थानिय तह सम्मै राजनितीक दलका कार्यकर्ताले कसरी नतिजा आफ्नो पक्षमा पार्ने भनेर तयारी सुरु गरिसकेका छन् ।

सर्वोच्च अदालतको परमादेश बाट नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका पाँच दलीय गठबन्धनमा यहि समयमा आएर खटपट सुरु भएको छ । एमसीसी लगायतका विषयमा फरक मत त छँनै निर्वाचनमा गठबन्धन गरेर जाने की नजाने भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ ।

यथाअवस्थामा एमसीसी पनि पास पनि नगर्ने र राजनितीक अस्तित्व रक्षाका लागी नेपाली काग्रेसले गठबन्धन पनि गरिदिनु पर्ने लाइनमा प्रचण्ड र माधव कुमार नेपाल देखिएका छन् । काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री देउवा एमसीसी कुनै पनी हालतमा पास गरिछाड्ने रणनितीमा देखिन्छन् ।

गठबन्धन गरेरै जानलाई प्रधानमन्त्री देउवा सकारात्मक देखिन्छन् । केहि समय अघि भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्न पुगेका बेलामानै देउवाले गठबन्धन पर सम्म जाओस् भन्ने आफुले चाहेको बताएका थिए । देउवाको यस्तो भनाइले प्रचण्ड निकै खुशि भएका थिए । नेपाली काग्रेस भित्रै भने कुनै पनि हालतमा प्रचण्ड र माधव नेपालसँग गठबन्धन गर्न नहुने मत बलियो छ ।

विशेष गरि नेपाली काग्रेस भित्रको शेखर कोइराला पक्षले कुनै पनि हालतमा कम्युनिष्ट सँग गठबन्धन गर्न नहुने लाइन लिएको छ । कोइराला पक्षका नेताहरुले सार्वजनिक रुपमै प्रचण्ड र माधव नेपालसँग काग्रेसले गठबन्धन नगर्ने भन्दै क्याम्पेनिङ गरिरहेको छ ।

अघिल्लो पटकको स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धन प्रत्युत्पादक भएको ,वैचारिक आधारमा पनि काग्रेस र कम्युनिष्टको गबठन्धन गर्ने कुनै सैद्धान्तीक व्यवहारिक जग नभएको भन्दै कोइराला पक्षले गठबन्धन नगर्नका लागी दबाव बढाइरहेका छन् । सभापतीमा पराजित भएका शेखर कोइराला , उपसभापती निर्वाचित धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतका प्रभावशाली नेताहरुले हरेक भाषणमा कम्युनिष्टसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिइरहेका छन् ।

प्रचण्ड र माधव नेपाललाई बोक्ने की नबोक्ने भन्ने बिषयमै नेपाली काग्रेसमा निकै लफडा पर्ने विश्लेषण गरिएको छ । देउवा सँग काग्रेस पार्टी भित्र दुई तिहाइ रहेको भन्दै कोइराला पक्षले नमान्दैमा गठबन्धन नरोकिने भन्दै माओवादी र नेकपा एसका नेताहरुले हाकाहाकी काग्रेसकै नेताहरुलाई चुनौति दिइरहेका छन् ।

काग्रेसको शेखर कोइराला पक्षले यदि देउवाले आफुहरुको कुरा नसुनी प्रचण्ड र माधव नेपालसँग गठबन्धन गरे पार्टी भित्रै विद्रोह गर्ने तयारी गरेको सुचना ओटीभी नेपाल डटकमले प्राप्त गरेको छ । देउवाले गठबन्धन गरे प्रचण्ड र माधवलाई दिएको सिटमा कोइराला पक्षले बागी उमेदवार उठाउँने गरि अहिले देखिनै मसिनो तयारी गरको स्रोतले बताएको छ ।

कोइराला पक्षका एक उच्च नेताले नाम नबताउँने सर्तमा ओटीभी नेपाललाई दिएको जानकारी अनुसार अन्तिम सम्म सिँगो पार्टी गठबन्धन नगर्ने पक्षमा निर्णय गराउँन पहल गर्ने यदि कसै गरि देउवाले गठबन्धन गर्ने निर्णय गरेमा बागी उमेदवारी दिएर गठबन्धन सँगठित रुपमै अस्विकार गर्ने तयारी गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा