आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

गोप्य पत्र मात्रै होइन अरु पनि कुरा सार्वजनिक हुँदैछ प्रचण्डको !


  • सोमबार, माघ २४ २०७८
7.8K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमसीसी पास गर्न तयार छौँ, हामीलाई पाँच महिनाको समय थप चाहियो भनेर लेखेको पत्र सार्वजनिक भए पछि राजनिती तरंगित भएको छ ।

केहि समय अघिनै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी बोर्डलाई प्रचण्ड र आफुले पत्र लेखिसकेको खुलासा गरेका थिए त्यसबेला प्रचण्डले त्यसलाई टालटुले जवाफ दिएर खण्डन गर्ने प्रयास गरेका थिए । सयम क्रममा सत्य बाहिर आएरै छोड्यो ।

एक प्रमुख राजनितिक दलको अध्यक्ष र पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिबाट हाकाहाकी भएको झुटको यो उच्चतम नमुना हो । एमसीसी पास गर्न तयार छौँ भनेर कुनै पत्रनै नलेखिएको दाबी गरेका प्रचण्डले पत्रनै सार्वजनिक भए पछि पत्र लेखेकोमा होइन पत्र सार्वजनिक भएकोमा आपत्ती जनाएका छन् ।

देउवा र प्रचण्डले एमसीसी बोर्डलाई लेखेको पत्र सार्वजनिक भए पछि आलोचकहरुको तारोमा उनी परेका छन् । दुई जिब्रे , डबल रोल खेल्ने मान्छे, ढाट्न पनि कति सम्म सकेको लगायतका कुरा गर्दै प्रचण्ड माथी आलोचकहरु खनिरहेका छन् ।

कतिपयले मेमोरी किङ भनेर लामो समय सम्म जनतालाई झुक्काएका विजय शाही सँग पनि प्रचण्डको तुलना गरको छन् । विजय शाही सँगको प्रचण्डको तस्बिर सामाजिक संजालमा व्यापक भाइरल भएको छ । दुवैको चरित्र एउटै भएको आरोप लागेको छ । प्रचण्डले भने गठबन्धन जोगाउँनका लागी त्यस्तो पत्र पठाइएको सजिलो जवाफ दिएका छन् ।

माओवादी जनयुद्धका सहयात्री बावुराम भट्टरराईले त प्रचण्डलाई दुईजिब्रे खाओवादीकै आरोप सम्म पनि लगाएका छन् । चौतर्फी आलोचनाको सिकार भइरहका प्रचण्डको राजनिती कति सम्म झुट र भ्रमको खेती गरेर टिकेको रहेछ भन्ने प्रमाणित भएको भन्दै प्रश्नहरु उठिरहेका छन् ।

क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले प्रचण्डको आज सम्मको राजनितीनै झुट र बेइमानीले टिकेको आरोप लगाएका छन् । ओटीभी नेपाल डटकम सँगको कुराकानीमा गजुरेलले पहिले पनि कहिले बावुराम त कहिले मोहन वैद्य कार्ड खलेर आफ्नो दुनो सोझाउँदै आएका प्रचण्डको यो पुरानो बानी भएको बताएका छन् ।

कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले भने इण्डीयालाई ढाँट्दै आएका प्रचण्ड अमेरिकालाई ढाँट्न खोज्दा नमज्जा सँग फन्दामा परेको भनेका छन् । अमेरिकालाई ढाँट्न इण्डीयालाई ढाँटे जती सजिलो नहुने रहेछ भन्ने उनले बुझे की रु अहिले त पत्र मात्रै सार्वजनिक भयो अब केहि समयमा कति कमिसन खाएको छ भन्ने पनि सार्वजनिक हुने होकी भन्ने अनुमान पनि सामाजिक संजाल प्रयोगकर्ताहरुले गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा