शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

स्थानीय तहको निर्वाचन घोषणा, १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी


  • सोमबार, माघ २४ २०७८
11.6K
SHARES

तस्विरः फाइल

काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचनको मिति आगामी बैशाख ३० गतेका लागि तोकेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

स्थानीय तह निर्वाचनका लागि कम्तीमा १ लाख म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको आकलन छ ।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारी भन्छन्, ‘१ लाख म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव सहितको योजना गृह मन्त्रालयमा बुझाउने तयारी छ ।’

देशभर एकै चरणमा चुनाव गर्दा धेरै म्यादी आवश्यक हुन्छ । धेरै चरणमा निर्वाचन गर्दा थोरै म्यादी प्रहरी भए सुरक्षा दिन सकिने प्रहरी प्रधान कार्यालयको विश्लेषण छ ।

स्थानीय तहको सुरक्षाका लागि नेपाल प्रहरी मानसिक रूपमा तयार रहेको र ‘ठोस योजना’ केही दिनमा तयार गरिने प्रहरी प्रवक्ता विष्णु कुमार केसीले बताए ।

२०७४ मा दुई चरणमा गरेर स्थानीय तह निर्वाचन भएको थियो । सो निर्वाचनमा सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरेको थियो ।

त्यति वेला ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । यसअघिको स्थानीय तह निर्वाचनमा सरकारले नेपाली सेनालाई बाहिरी घेरामा परिचालन गरेको थियो ।

पहिलो घेरामा नेपाल प्रहरी र दोस्रोमा सशस्त्र प्रहरीलाई परिचालन गरेको थियो ।

गृह मन्त्रालयले चुनावको सुरक्षाका लागी कती खर्च लाग्छ भन्ने पनि आकलन गरिसकेको छैन । तर, निर्वाचन आयोगले सुरक्षाका लागि मात्र करिब २५ अर्ब खर्च लाग्ने आँकलन गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा