शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रचण्ड-देउवाको पत्र बाहिरिएपछि फुट्यो सत्तारुढ गठबन्धन !


  • सोमबार, माघ २४ २०७८
10.7K
SHARES

फाइल तस्विर

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा समस्या देखिएको हो। एमसीसीलाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी गठबन्धनका नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवा लागेपछि एउटा सदस्य दलले भने सडक आन्दोलन थालेको छ।

चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा नेपालले गठबन्धनबाट अलग भएर एक्लै एमसीसीविरुद्ध आन्दोलन थालेको हो। सत्ता गठबन्धनबाट छुट्टिएर साना वामपन्थी दलहरुसँग मिलेको जनमोर्चाले २५ र २६ माघमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ।

जनमोर्चाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीसँग मिलेर संयुक्त आन्दोलन थालेको हो। आन्दोलनमा सहभागी सिंह नेतृत्वको नेकपा (मसाल) जनमोर्चाको माऊ पार्टी हो।

जनमोर्चाले २५ माघमा देशैभर संयुक्त कोणसभा गर्न लागेको छ। जनमोर्चाले माघ २६ गते माइतीघरबाट जुलुससहित संसद भवन अगाडी विरोध प्रदर्शन तय गरेको छ। त्यसैगरी देशभरका सदरमुकाममा संयुक्त विरोध प्रदर्शन र सभा गरिने भएको छ।

‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट गरिरहेको अनुमोदन प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुसाहस भएको ठहर गर्दै यसविरुद्ध सशक्त आन्दोलको अपील पनि गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा