शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सुनसहित विमानस्थलबाट चार जना पक्राउ


  • सोमबार, माघ २४ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेपाल प्रहरीले अवैध रुपमा भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले जजिरा एअरको फ्लाइटबाट दुबई, कुवेत हुँदै नेपाल आएका मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो।

प्रहरीले पदमबहादुरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मानसिंहका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको हो।

भन्सार छलेर सामान ल्याउन लगाउने गोकुललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा