शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कमल थापाले बोलाए आफू निकट नेताको बैठक, पद लोलुप थापा प्रवृत्ति छताछुल्ल !


  • सोमबार, माघ २४ २०७८
9.2K
SHARES

फाइल तस्विर

राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेन सँग पराजित भए सँगै पूर्व अध्यक्ष कमल थापाको छटपटाहट सुरु भएको प्रस्टै बुझ्न सकिन्छ । पूर्व अध्यक्ष थापा पद र कुर्सीबिना बस्न नसक्ने जस्तो देखिन थालेको छ । राप्रपा अध्यक्षमा लिङ्देन विजेता भए सँगै पूर्व अध्यक्ष थापा छटपटाहटमा देखिएका छन् ।

नेता कमल थापाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् । बैठकमा नयाँ दल दर्तालगायत विषयमा छलफल हुने बताइएको छ ।

नवदुर्गा पार्टी प्यालेस सुकेधारामा नयाँ पार्टी खोल्ने तयारी स्वरूप नेता थापाले केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका छन् । बैठक केही समयपछि सुरु हुनेछ ।

बैठकमा पटक–पटक आफूले लेखेको पत्र, पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी मनोनयलगायत विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । “मुख्य उद्धेश्य दल दर्ताको तयारी हो,” ती पदाधिकारीले  भने ।

केही समय अगाडि भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएका थिए । थापाको पराजयसँगै राप्रपाको नेतृत्त्व लिङ्देनले सम्हालेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा