शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

दाहालले एमसीसीलाई पत्र पठाएकोबारे पार्टीलाई जानकारी छः गजुरेल


  • आइतबार, माघ २३ २०७८
7.1K
SHARES

फाईल तस्बि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको विषयमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष दाहालले पार्टी बैठकमा गराएको जनाएका छन् ।

एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष दाहालले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’

उनका अनुसार अध्यक्ष दाहालले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा