राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । शनिबार लिङ्देन विशानगरस्थित थापाको निवास पुगेका थिए ।
भेटमा दुई नेताबीच पार्टीमा देखिएको विवादका विषयमा छलफल भएको थियो ।
महाधिवेशन सकिएको दुई महिनापछि दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न आफूले मंसिर २७ र माघ १६ मा अध्यक्षलाई पत्र लेखे पनि कुनै प्रत्युत्तर नआएको गुनासो गरेका थिए ।
जवाफमा लिङ्देनले निर्मल निवासको हस्तक्षेपबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए ।
‘दुई नेताबीच अहिले देखिएका विषयमा लामो कुराकानी भयो । निवर्तमान अध्यक्षले राखेको प्रस्तावबारे पार्टीमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो,’ राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘उहाँ (थापा) अध्यक्षज्यूको पत्रको प्रतीक्षामा हुनुहुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।