नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए ।
संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधमा उत्रिएपछि केहीलाई प्रहरीले नियन्त्रण लिएको छ । प्रहरीले युवा संघका केन्द्रीय सदस्यहरु गणेश थापा, जयराम लामा, अजित लामालगायतलाई सिंहदरबारबाट नियन्त्रणमा लिएको थापाले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।