अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा चढ्ने गाडीले गोङ्गबु स्थित शिव मन्दिर नजिकै २८ वर्षीय अस्मिता कार्कीलाई ठक्कर दिएको छ । कर्की बा ४३ प ५३३६ नम्बरको स्कुटरमा सवार रहेको बखत पछाडिबाट ठक्कर दिएको हो ।
घाईतेको टोखा स्थित ग्राण्डि अस्पतालमा आइसियुमा उपचार हुँदै गरेको छ ।
दुर्घटनाको समयमा एन्फा अध्यक्ष शेर्पा भने गाडीमा नरहेको बताइएको छ । अध्यक्ष शेर्पाले चढ्ने ८ च ६१७ निजी नम्बर प्लेट भएकोको गाडिले ठक्कर दिएको हो ।
बागलुङ घर भएकी घाईतेको दुवै खुट्टामा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक संजिवकुमार दासले चालकको नाम नखुलेको बताए।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा भने अहिले भारतमा छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।