शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता


  • आइतबार, माघ २३ २०७८
9.4K
SHARES

फाईल तस्बिर

विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मंसिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरु एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ता’का गणना गरिएको छ ।

२०७६ मंसिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्यनको अनुपातमा ११८ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोगकर्ताको संख्या जनसंख्याभन्दा धेरै देखिएको हो ।

प्राधिकरणको एमआईएस रिपोर्टअनुसार अहिले इन्टरनेट बजारमा मोबइाल ब्रोडब्यान्ड इन्टरनेटकै दबदबा छ । तर, फिक्स्ड ब्रोडब्यान्डतर्फ पनि ग्राह तीव्र दरमा बढेका छन् ।

२०७६ मंसिरमा मोइबल इन्टरनेटको बजार ७८ प्रतिशत र फिक्स्ड लाइनट इटरनेटको २१ प्रतिशत थियो । अहिले मोबाइल इन्टरनेटको बजार घटेर ७४.६३ प्रतिशत र फिक्स्डलाइनको बढ्दै २४.७७ प्रतिशतमा पुगेको छ ।

यो अवधिमा नेपाल टेकिलमको एडीएसल प्रयोगकर्ता ९ लाख ६६ हजारबाट घटेर ६ लाख ४२मा झरेको छ ।  तर, फाइबर इन्टरनेटका प्रयोगमर्ता ३६ लाख १५ हजारबाट बढेर ८२ लाख ८१ हजारमा पुगेको छ ।

यो अवधिमा मोइबल इन्टरनेट प्रयोग गर्नेको संख्या करिब १ करोड ४ लाखले वृद्धि भयो । २०७६ मंसिरमा १ करोड ६५ लाख ६१ हजार रहेको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले २ करोड ६९ लाख ३ हजार पुगेको छ ।

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ठूलो संख्यामा ग्राहक संख्या विस्तार गरेका थिए ।

स्मार्टफोनको प्रयोगले मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । नेपाल टेलिकमको एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा