शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताएका छन् ।
आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले गठबन्धनको नेतृत्वमा चुनाव गराउने प्रतिबद्धता जनाएको हुँदा स्थानीय, प्रदेश र केन्द्रको चुनावसम्मनै कायम रहने बताएका हुन।
स्थानीय तहको चुनाव जेठमै गर्ने समेत उनले जानकारी गराएका छन् । पौडेलले निर्वाचन आयोगले चुनावको तयारी गर्यो भने सरकार तयार भएको बताएका हुन ।
उहाँले एमसीसी यथास्थितीमा पास हुने अवस्था नरहेको भन्दै यस बारे गठबन्धनमा दुई वटा धारणा प्रस्ट भएको समेत बताएका छन्। मन्त्री पौडेलले एमसीसी र चुनाव एकै पटक नलैजाने भन्दै चुनाव सकिएपछि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने बताएका हुन् ।
उहाँले एमसीसी निकै विवादित भएको भन्दै सदन भित्र भएका सबै दलहरुसँग सहमति गरे अगाडी बढाईने समेत बताएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।