बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

एक जनाले मेरो घर छुट्यो भन्दैमा लहैलहैमा जनगणना हुँदैन : तथ्याङ्क विभाग


  • आइतबार, माघ २३ २०७८
6.8K
SHARES

फाईल तस्बिर

केन्द्रीय तथ्याङ्क विभागले पुनः गणनाको काम सम्भव नभएको बताएको छ । अनुमान गरेको भन्दा थोरै गणना भएको भए यसबारे सोच्नुपर्ने तर त्यस्तो अवस्था नभएको निर्देशक लामिछानेको भनाइ छ ।

उनले भने–‘अनुमान गरेभन्दा कम आँकडा आयो, मानिसहरूले गणना गर्न दिएनन्, धेरै गाउँ बस्ती छुटेको भए, फेरि जनगणना गर्नुपर्छ भन्ने कुरा आउँथ्यो । तर, हामीले गरेको अनुमान पुगेको हुनाले फेरि गणना गर्नुपर्छ भन्ने पक्षमा तथ्याङ्क विभाग छैन । एक जनाले मेरो घर छुटेको भन्दैमा लहलहैमा फेरि जनगणना गर्ने भन्ने कुरा हुँदैन ।’

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनसङ्ख्या विवरणमा त्रुटि भएको भन्दै चौतर्फीरुपमा आलोचना भइरहेको छ । विभागले सार्वजनिक गरेको आँकडा त्रुटीपूर्ण रहेको भन्दै एकातिर पुनः जनगणना गर्न माग भइरहेको छ भने अर्कोतिर केही स्थानीय तहले असन्तुष्टि जनाउँदै पुनः जनगणनाको कामसमेत थालेका छन् ।

विभागले गत कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना अभियान सञ्चालन गरेको थियो । माघ १२ गते विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । जसअनुसार नेपालको कूल जनसङ्ख्या २ करोड ९२ लाख ४ सय ८० रहेको विवरण सार्वजनिक भयो ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार ३२ जिल्लामा जनसङ्ख्या घट्दो दरमा रहेको पाइयो । राष्ट्रिय तथ्याङ्क विभागले केही कमजोरी भएको स्वीकार गर्दै २ महिनाभित्रमा कति छुटेको हो, त्यसको परीक्षण गर्ने, गुणस्तर नाप्ने र कति छुटेको हो त्यो विवरण सार्वजनिक गर्ने बताएको छ । विभागका निर्देशक ढुण्डिराज लामिछानेले केही त्रुटि हुनु सामान्य कुरा भएको बताउँदै विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै गणना गरेको दाबी गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा