शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

‘अपेन किड्स ट्यालेन्ट ट्रायल’ भोली हुने


  • शुक्रबार, साउन १७ २०७६
41.6K
SHARES

१७ श्रावन, काठमाडौँ ।
एसोसियसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) बूढानीलकण्ठको आयोजनामा श्रावन १८ गते शनिबार (भोली) ‘अपेन किड्स ट्यालेन्ट ट्रायल–२०७६’ हुने भएको छ ।
प्रज्ञा प्रतिष्ठान, कमलादीमा कार्यक्रम गरिने बिहिबार बूढानीलकण्ठ स्थित तपेस बैंकेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराईएको हो ।
प्रतिनिधिसभा सदस्य गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गरिने उक्त कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य दिपक निरौला, अपेन केन्द्रिय कार्यसमिति, अपेन बूढानीलकण्ठका पदाधिकारी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।
बूढानीलकण्ठ अपेनमा आवद्ध २६ वटा प्रि–स्कूलबाट करिब ४५० बिद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् कार्यक्रम संयोजक बिनोद थापाले पत्रकार सम्मेलनमा बौल्दै जानकारी गराए ।
अपेन बूढानीलकण्ठमा ३२ वटा प्रि–स्कूल आवद्ध रहेको र उक्त प्रि–स्कूल मध्येबाट २६ प्रि–स्कूलको सहभागितामा दोश्रो संस्करणको रुपमा ‘किड्स ट्यालेन्ट ट्रायल–२०७६’ को आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बोल्दै अपेन बूढानीलकण्ठका अध्यक्ष राज कुमार घिमिरेले बताए । प्रि–स्कूलमा अध्ययनरत स–साना नानी–बाबुहरुको श्रृजनात्मक कला र प्रतिभाको उजागर गर्नका निम्ति बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा कार्यक्रम तय गरिएको अध्यक्ष घिमिरे भन्छन् ।
पत्रकार सम्मेलनमा अपेन बूढानीलकण्ठका अध्यक्ष राज कुमार घिमिरे तथा पदाधिकारी, अपेनकी केन्द्रिय सदस्य एवं छुनामुना प्रि–स्कूलकी संस्थापक प्रिन्सिपल कमला ढकाल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा