पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो ।
कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ ।
१५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।