शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एससीसी पास गराउन ठाकुरसँग देउवाको आग्रह


  • बिहिबार, माघ २० २०७८
10.1K
SHARES

फाइल तस्विर

अहिले एमसीसी प्रकरणले अहिले राजनैतिक माहोल तातेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमसीसी हर हालतमा पास गराउने रणनीतिमा रहेका छन् । एमसीसी पास गराउन विभिन्न दलका नेताहरूसँग भेट्ने क्रममा छन् । यस क्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सँग प्रधानमन्त्रीले भेट गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् ।

बिहीबार बालुवाटारमा भएको भेटमा देउवाले एमसीसी देशहितका लागि महत्वपूर्ण भएको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । प्रतिउत्तरमा जसपा अध्यक्ष ठाकुरले आफूहरू सकारात्मक रहे पनि एससीसीको विषयमा अन्तिम निर्णय गर्ने अधिकार सरकारलाई रहेको बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले एमसीसीको प्रक्रिया अगाडि बढाउन अवरोध गरे उनको विकल्प खोज्न सकिनेसमेत बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा