शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • बिहिबार, माघ २० २०७८
15.9K
SHARES

माैसम

हाल देशमा पश्चिमी  वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शनिबार देशका प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा