शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पायोनियरमा ‘साँस्कृतिक कार्यक्रम’ (फोटोफिचर)


  • आइतबार, फाल्गुन ५ २०७५
50.2K
SHARES

५ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२, कपनमा रहेको पायोनियर पब्लिक स्कुलले सरस्वती पुजाको अवसरमा ‘साँस्कृतिक कार्यक्रम’ आयोजना गरेको छ ।


माघ २७ गते आइतबार बिहानी सत्र अन्तर्गत सरस्वती माताको पुजा तथा सरस्वती बन्दना वाचन गरि सो पश्चात साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।


उक्त अवसरमा नवआगन्तुक नानी–बाबुहरुका लागि अक्षर आरम्भ कार्यक्रम समेत गरिएको थियो । अक्षर आरम्भ पश्चात अभिभावकहरुले आफ्ना नानी–बाबुहरुलाई विद्यालयमा नयाँ भर्ना गराएका थिए ।

साँस्कृतिक कार्यक्रम अन्तर्गत पायोनियरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक प्रस्तुत गरेका थिए ।
बिहान ११ बजेदेखि सुरु भएको उक्त साँस्कृतिक कार्यक्रम दिउसो २ बजेसम्म चलेको थियो ।


कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानियबासीहरुको उल्लेख्य उपस्थिति रहेको प्रिन्सिपल राजन श्रेष्ठले बताए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीयबासीहरुलाई लक्षित गरेर हिल नेपालसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो । पायोनियर पब्लिक स्कुलले हरेक वर्ष सरस्वती पुजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको प्रिन्सिपल श्रेष्ठ भन्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा