शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशका भाइ प्रभु शमसेरविरूद्ध सम्पत्ति शुद्धिकरणमा उजुरी


  • मंगलबार, माघ १८ २०७८
8.6K
SHARES

फाईल- तस्बिर

डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरले गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट घरजग्गा जोडेको भन्दै पुरक उजुरी दिएका छन्।

उनले दुई वर्ष यता काठमाडौंको ठमेलस्थित १०८५ कित्ता नम्बरको आठ आना घर जग्गा र गोठाटारस्थित १२४ र ३३ कित्ता नम्बरको साढे तीन रोपनी जग्गा जोडेको उजुरीमा उल्लेख छ।

३० करोड बढी मूल्य पर्ने ती घरजग्गा प्रभु शमसेरले गैरकानुनी असुली र अन्य अवैध स्रोतको आम्दानीले किनेको डाक्टर केसीको उजुरीमा उल्लेख छ।

‘चोलेन्द्र शमसेरका भाइ प्रभु शमसेरको नाममा गैरकानुनी असुली र अन्य अवैध स्रोतको आम्दानीबाट ठमेल र गोठाटारमा ३० करोड रूपैयाँभन्दा बढी मूल्यका घरजग्गाहरू रहेको तथ्य अवगत हुन आएको हुँदा सो सम्बन्धमा र निजको परिवारका सदस्यहरू,नातेदारहरू,तथा भ्रष्ट गिरोहमा आवद्ध सदस्यहरूका सम्बन्धमा समेत,’ डाक्टर केसीको उजुरीमा उल्लेख छ, ‘छानबिन गर्न, तत्काल सम्पत्ति रोक्का राखी गम्भीरतापूर्वक अनुसन्धान गर्न तथा अवैध सम्पत्ति जफत गरी दोषीलाई कानुन बमोजिम हदै सम्मको सजाय गर्ने सम्बन्धमा आवश्यक कारवाही गर्न अनुरोध छ।’

यसअघि केसीले प्रधानन्यायाधीश राणाको परिवार र नातेदार लगायतको अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका थिए।

त्यसपछि उनले राणा पत्नी रेजी राणाको नाममा काठमाडौंको ठमेल, धुम्बाराही र भाटभटेनीका घरजग्गाको विवरण खोजेर तिनको समेत अनुसन्धान गर्न विभागमा निवेदन दिएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा