नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचन समयमै हुनुपर्ने बताएका छन्।
संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार समयमै निर्वाचन गरिनुपर्ने उनले बताए।
आज काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले भने, ‘संविधान र स्थानीय तह निर्वाचन ऐनअनुसार समयमै निर्वाचन हुनुपर्छ।’
उनले संविधानअनुसार पाँच वर्षमा स्थानीय तह निर्वाचन हुनुपर्ने बताए। संविधान पालना गर्न अहिलेको गठबन्धन बनेको भन्दै उनले संविधानअनुसार नै निर्वाचन गरिनुपर्ने बताएका छन्।
सरकारले जेठ ५ अगाडि नै स्थानीय निर्वाचन गर्ने तयारी गरेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।