शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसिसीमा विदेशीसामू घुँडा टेक्ने देउवा नेपालीकाे प्रधानमन्त्री कि विदेशीको ? : रावल


  • सोमबार, माघ १७ २०७८
10.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौतामा प्रधानमन्त्रीको भूमिकाले सन्देह पैदा गरेको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत नेता रावलले एमसिसी पारित नभए गठबन्धन सरकार नै भंग गरिदिने चेतावनी दिने प्रधानमन्त्री नेपालीको कि, विदेशीको भन्दै प्रश्न गरेका छन्।

उनले प्रधानमन्त्रीको भनाईबारे जनतालाई जवाफ दिनसमेत माग गरेका छन्।

‘प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’ रावलले ट्वीटरमा लेखेका छन्।

यसअघि आजै नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसिसी सम्झौता संसदबाट पारित नभए सत्तारुढ गठबन्धन तोडिन्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले नदिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रेष्ठले एमसिसी पारित गर्ने सहमति भएको भन्ने कुरा सत्य नभएको पनि बताएका हुन्।

गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा