प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीलाई संसदमा टेबल गराएर हर हालतमा पास गर्ने रणनीति बाहिरिए सँगै एकीकृत समाजवादी का अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सामेल भएको सत्ता गठबन्धन टुट्न सक्ने संकेत देखा पर्न थालेको छ ।
प्रचण्ड र माधव नेपाल अहिलेकै अवस्थामा जस्ताको तस्तै एमसीसी पास गर्ने पक्षमा देखिदैनन । सत्ता साझेदार दलको रूपमा रहेका नेताहरू एमसीसीको पक्षमा नरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराई छाड्ने रणनीति अपनाए पछि माधव नेपाल र प्रचण्डको टाउको दुखाई सुरु भएको छ ।
काँग्रेस सभापति समेत रहेका देउवाले प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी ओलीलाई भेटेर एमसीसी पास गराउन सहयोग गर्न अनुरोध गरी सकेको अवस्था छ ।
एमाले अध्यक्ष समेत रहेका ओलीले सत्ता गठबन्धन तोड्नु पर्ने र सभामुखलाई हटाउने भए एमसीसी पास गर्न भूमिका खेल्ने देउवालाई बचन दिइ सकेको स्रोत बताउँछ ।
प्रचण्ड र माधव नेपाल गठबन्धन लाइ तोड्ने पक्षमा देखिँदैनन् । एक्ला एक्लै चुनावमा भाग लिने हो भने प्रचण्ड र माधव नेपालको पत्ता साफ हुने अवस्था भएका कारण पनि गठबन्धनलाई चुनाव सम्मै लग्ने रणनीति प्रचण्ड माधव नेपालको रहेको बुझिन्छ ।
प्रमुख प्रतिपक्षी दल एमालेको रणनीति पनि सत्ता गठबन्धनलाई हर हालतमा अलग्याएर चुनाव बाट माधव नेपाल र प्रचण्डलाई पारि भित्ता पुर्याउने सोचाइमा छ ।
अहिलेको अवस्थामा एमसीसी पास प्रकरणमा गठबन्धन भत्किएको खण्डमा माओवादी र समाजवादी दलको हालत खराब हुने बुझेका ओलीले एमसीसीलाई हतियार बनाएर गठबन्धन लाई भत्काउने सुरमा देखिन्छन् ।