शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रयोगात्मक सिकाइको लागि केन्द्रिय तथ्यांक विभागमा जुगलका विद्यार्थी (भिडियो)


  • बुधबार, साउन १५ २०७६
33.6K
SHARES

पास मात्र गराउने भन्दा पनि संस्कार सहित सिपालु जनशक्ति निर्माणमा जुटेको जुगल स्कूल/कलेजले व्यवस्थापन समूहका आफ्ना विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाको लागि थापाथली स्थित केन्द्रिय तथ्यांक विभाग पुर्याएको छ ।


कलेजका प्राचार्य विवेक विनयीको नेतृत्वमा विभागको कार्यलय थापाथली पुगेको विद्यार्थीहरुले तथ्यांकको विषयमा गहन अध्ययन गर्ने मौका पाएका हुन् ।


२०१५ सालबाट शुरु भएको केन्द्रिय तथ्यांक विभागको कार्य प्रणाली र तथ्यांकको महत्वबारे विद्यार्थीहरुले विशेष जानकारी लिए । आफ्नो तालिम हलमा विशेष प्रस्तुती राख्दै सूचना प्रमुख तिर्थराज चौलागाँइले विद्यार्थीहरुलाई तथ्यांक सम्बन्धी महत्वपूर्ण जानकारी दिए ।


विभागले कृषि, स्वस्थ, जनसंख्या, महिला, पुरुष, बालबालीका, वनजंगल लगायत अनेकौं प्रकारको तथ्यांकहरु संकलन गरी देशको नीति निर्माण तथा कार्यक्रम निर्माणको लागि तथ्यपरक विवरणहरु दिने गर्दछ भन्दै सूचना प्रमुख तिर्थराज चौलागाइँले तथ्यांकको महत्व दर्शाए । तथ्यांकको आधारमा नै देश विभिन्न योजना निर्माण हुने उनले वताए ।

दिनभर चलेको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रकारका जिज्ञासाहरु राखेकाथिए । अन्तरक्रियात्मक रुपमाचलेको कार्यक्रममा बिभागका उपनिर्देशकद्वय नेबीन लाल श्रेष्ठ तथा डिल्ली राज जोशीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमबाट आफुहरुले विभिन्न कुराहरु प्राप्त गरेको भन्दै प्रयोगात्मक सिकाइको लागि यो कार्यक्रम महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।


कार्यक्रममा प्रचार्य विनयीले आफ्नो कलेज संस्कार सहितको सिपालु विद्यार्थीहरु निर्माण जुटेको र त्यही क्रममा यहाँ आइपुगेको जानकारी दिए । आउँदा दिनहरुमा पनि विद्यार्थीहरु प्रत्यक्षरुपमा सहभागी हुने कार्यक्रम तयार पार्ने जानकारी दिँदै प्राचार्य विनयीले विभाग एवं विद्यार्थीहरुलाई समेत धन्यवाद व्यक्त गरे ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले केन्द्रिय तथ्यांक विभागका सूचना प्रमुख तिर्थराज चौलागाँइ र जुगल स्कूल/कलेजका प्रचार्य विवेक विनयीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा