आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

नेप्से १०५ अंकले बढेर २८ सय ८५ बिन्दुमा


  • आइतबार, माघ १६ २०७८
9.8K
SHARES

फाइल तस्विर

साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।

गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो । बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै दुईवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा