शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ


  • बुधबार, साउन १५ २०७६
35.9K
SHARES

प्रधानमन्त्री केपी ओलीले आफ्नो बोली पुरा गर्दै नेकपाका युवा नेता योगेश भट्टराईलाई स्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त गरेका छन् ।उनको सपथ ४ बजे तय भएको छ राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । संघिय निर्वाचनको बेलामा योगेशको निर्वाचन क्षेत्रमा पुगेर ओलीले मन्त्री बनाउँने बचन दिएका थिए । पछि मन्त्री नबनाए पछि ओलीको व्यापक आलोचना भएको थियो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि योगेशलाई मन्त्री बनाउँने सार्वजनिक अभिव्यक्ति दिएका थिए । प्रचण्डकै चाहनामा योगेशलाई मन्त्री बनाइएको चर्चा छ ।

को हुन् योगेश भट्टराई ?

नेकपा एमालेका युवा नेता योगेश भट्टराईको जन्म विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा भएको हो ।

उहाँको बुबाको नाम भीमलाल भट्टराई र आमाको नाम महेन्द्रादेवी भट्टराई हो । उहाँले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गर्नुभएको छ । नेता भट्टराईले स्कूल पढ्ने बेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उहाँलाई पनि स्कूल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरु पनि बामपन्थी पृष्ठभूमीकै हुनुहुन्थ्यो ।

यही क्रममा उहाँले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाल्नुभयो । बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर भट्टराईले काम गर्नुभयो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उहाँले पटक पटक भाग लिनुभयो । २०५१ सालमा उहाँ अनेरास्ववियूको अध्यक्ष हुनुभएको थियो । त्यसपछि नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभयो ।

नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नंबर ५ बाट उम्मेद्वार बन्नुभएको थियो ।

यसअघि दुई पटक पराजित भएपनि यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा भट्टराई ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त गर्नुभएको छ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय मन्त्रीविहीन रहेको थियो । आजै चार बजे सपथ को कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा