वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिन निर्देशन दिएका छन् ।
शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै उनले कर्मचारीले नै बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाए जनताको सास्ती हट्ने समेत बताए ।
छिटो काम गर्नका लागि सर्वसाधारणहरुले बाध्य भएर बिचौलियाको साहारा लिने गरेको भन्दै कार्यालयमा ढिलासुस्ती हटाउन निर्देशन दिए । उनले कार्यालयको व्यवस्थापनका साथै सुधारका लागि छिटै काम सुरु गर्ने स्पष्ट पारे ।
कागजी प्रणालीले गर्दा आएको समस्याको छिट्टै समाधान गरिने र यसका लागि अनलाइन प्रणालीको विकास गरिने उनको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।