संघीय संसद्को बैठक आगामी साता बोलाइको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएसँगै पटक पटक स्थगित भएको बैठक आइतबारबाट पुनः सञ्चालन हुने भएको हो ।
प्रतिनिधि सभाको बैठक आइतबार र राष्ट्रिय सभाको बैठक सोमबारका लागि बोलाइएको छ । कोरोना संक्रमण दर उच्च बिन्दुमा पुग्ने क्रममा रहेकै बेला संसद् बैठक बस्न लागेको हो ।
यद्यपि बैठक बस्ने नबस्नेबारे यकिन भइसकेको छैन । दलहरुबीच संसद सञ्चालन गर्नेबारे कुनै समझदारी भइ नसकेका कारण बैठक अन्यौलमा परेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको भन्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ । आगामी बैठकमा पनि अवरोध कायमै रहने एमालेका नेताहरूले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।