शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीलाई संकेत गर्दै विश्वप्रकाशले भने–नागरिकको जीवनमा गम्भीर खेलबाड !


  • शुक्रबार, माघ १४ २०७८
7.8K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् । कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’

एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो ।  उनले सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको जानकारी गराएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा