आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सरकारको निर्णय


  • बुधबार, माघ १२ २०७८
9.4K
SHARES

फाइल तस्विर

काठमाडौं । सरकारले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउने निर्णय गरेको हो ।

खोप व्यवस्थापन कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिइसकेको छ ।

यसअघि माघ १५ गतेसम्मका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गरिएकोमा माघ १६ गतेदेखि २० गतेसम्म सम्पूर्ण विद्यार्थीलाई खोप दिने प्रयोजनका लागि विद्यालय खुला गरी खोप उपलब्ध गराउने निर्णय गरिएको छ ।

खोप अवधिमा खोपको प्रभावकारी वितरणलाई अभियानको रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी सञ्चालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अभियान सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पनि आग्रह गरेको र केन्द्रले ७७ वटै शिक्षा समन्वय इकाइलाई निर्देशन दिइसकेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा