बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

काठमाडौंको जनसंख्या कति ?


  • बुधबार, माघ १२ २०७८
8.6K
SHARES

फाईल तस्बिर

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको संघीय राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको केन्द्रीय तथ्यांक विभागले उल्लेख गरेको छ ।

यसपछि, नेपालका ७७ वटा जिल्लामध्ये हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्ने गरेको पाइएको विभागले जानकारी दिएको छ ।

यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार  कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा