बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

४ राशिका लागि भाग्य चम्काउने जादूको छडी जस्तै बन्नेछ सुनको औंठी


  • बुधबार, माघ १२ २०७८
13.8K
SHARES

फाइल तस्विर

ज्योतिष शास्त्रमा प्रत्येक धातुको आ–आफ्नै महत्त्व छ। त्यसैगरी हरेक मानिसमा विभिन्न धातुहरुको महत्व हुन्छ । सबै भन्दा माथि, सुनको महत्व फरक छ। सुन लगाउनुका धेरै फाइदाहरू छन्। औंठीमा सुनको औंठी लगाउनाले सन्तान सुखमा आउने बाधाहरू हटाउन मद्दत मिल्ने ज्योतिषशास्त्रको विश्वास छ ।

सुनको औंठी लगाउनाले मानिसको जीवनबाट सबै समस्या हट्छ । अनि जीवनमा सकारात्मकता आउँछ। त्यसोभए जानौं कुन राशिका लागि सुनको औंठी लगाउनु साँच्चै शुभ हुन्छ।

सिंह – सिंह राशिका मानिसहरुका लागि सुनको औँठी निकै लाभदायक हुने ज्योतिषशास्त्रको विश्वास छ । वास्तवमा सिंह अग्नि तत्वको चिन्ह हो र यसको स्वामी सूर्य हो। त्यसैले यो राशिका मानिसका लागि सुनको धातु फलदायी साबित हुन्छ । तपाईं हातको कुनै औंलामा सुनको औंठी लगाउन सक्नुहुन्छ।

कन्या – कन्या राशि भएका मानिसहरु विलासी जीवन बिताउन रुचाउँछन् । यो राशिका व्यक्तिले सुनको औँठी, चेन वा जुनसुकै वस्तु लगाउन सक्छन् । कन्या राशिका हरेक व्यक्तिलाई सुनको औँठी लगाउने सल्लाह दिइन्छ ।

तुला – ज्योतिष शास्त्रका अनुसार तुला राशिका लागि सुत्नु पनि फाइदाजनक हुन्छ । अर्थात केही नगरेपनि भविष्य उज्जव बन्ने कर्म नै लिएर आएको राशि तुला हो । उनीहरुका लागि सुनको औंठीले भाग्य बदल्ने काम गर्छ । यो राशिको स्वामी शुक्र हो । र शुक्रको लागि सुन शुभ मानिन्छ। यस्तो अवस्थामा तुला राशिलाई सुनको औंठी लगाउनु शुभ मानिन्छ ।

मीन – मीन राशिका व्यक्तिले सुन धारण गर्नाले शुभ फल प्राप्त हुन्छ । हरेक समस्या हल हुन्छ। मीन राशिका मानिसहरु स्वभावमा शान्त र सरल मानिन्छन् । यस्तो अवस्थामा सुनलाई पनि शुभ मानिन्छ । मीन राशिका व्यक्तिहरूले सुनको पहिरन लगाउनु पर्छ, यसो गर्दा जीवनका सबै कठिनाइहरू हट्न थाल्छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा