बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो


  • मंगलबार, माघ ११ २०७८
7.6K
SHARES

फाइल तस्विर

विश्व बैंकको सहयोगमा नेपाललाई प्राप्त हुने मोडर्ना खोपको पहिलो डोज खोप आइपुगेको छ ।

विश्व बैंकले कोभ्याक्स सुविधा अन्तर्गत् नेपाललाई ४० लाख डोज मोडर्ना खोप उपलब्ध गराउन लागेको मध्ये मंगलबार १६ लाख ६० हजार डोज खोप आइपुगेको हो ।

बाँकी खोप पनि छिटैनै आइपुग्ने बैंकले जनाएको छ । यी खोप नेपालका १२ देखि १७ बर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई लगाइने छ ।

सरकारले कोभ्याक्स सुविधामार्फत खरिद गरेरको ४० लाख डोजमध्ये सोमबार १६ लाख ६० हजार र आज २३ लाख ४० हजार डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि, विद्यालयलाई केन्द्र बनाएर ५७ जिल्लामा सो खोप दिइएको थियो । अहिलेको लटमा आएको खोप पनि सोही उमेर समूहलाई दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा