शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोसी अस्पतालमा १२२ स्वास्थ्यकर्मी संक्रमित


  • मंगलबार, माघ ११ २०७८
10.6K
SHARES

प्रदेश १ को कोसी अस्पतालका मेसु चुमनलाल दाससहित १२२ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ। सबै जना होमआइसोलेजनमा बसेका छन्। साथै, स्वास्थ्य परीक्षण गर्न जानेलाई समेत संक्रमणको जोखिम बढेको छ।

अस्पतालमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, धेरै कर्मचारी संक्रमणमा परेकाले जोखिम बढेको छ । अस्पताल त्यहाँ दैनिक रूपमा संक्रमण हुने संख्या बढ्दै गएको छ।

तर, स्वास्थ्य सेवा लिन जाने बिरामी र कुरुवाले कोरोनाको बेवास्ताले अस्पताल क्षेत्र झनै जोखिममा रहेको छ। २२ जना  विशेषज्ञ चिकित्सक, ४१  नर्स , ११ जना पारामेडिसिन र ८ जना प्रशासनका कर्मचारीलगायत संक्रमित भएका छन्।

अस्पतालका कर्मचारी नै धमाधम संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा लिन आएकाहरूले आनाकानी गर्न थालेका छन्। प्रशासन प्रमुख नवराज लुइँटेलले बिरामीको चाप कम भएका बेला पनि सेवा लिन आउनेले स्वास्थ्य मापदण्ड पालना नगरेको बताए। गार्डले जति भने पनि बिरामी र कुरुवाले आफूखुसी गर्ने गरेको उनले बताए। अहिले अस्पतालमा दैनिक ३ सयदेखि ४ सयसम्म बिरामी आउने गरेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा