शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोरोना महामारी : गत हप्ता हरेक १२ सेकेण्डमा एकजना सङ्क्रमितको मृत्यु


  • मंगलबार, माघ ११ २०७८
8.6K
SHARES

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् ।

यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा व्यक्त गरेका छन् ।

उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी छ । यसका लागि हामीले महामारीको अन्त्यलाई पर्खन नहुने उनको जिकिर थियो । विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार पछिल्लो हप्ताको तथ्याङ्कलाई ध्यान दिने हो भने हरेक तीन सेकेण्डमा १०० जना कोरोना संक्रमित बनेका छन् भने हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएका छन् ।

डब्लूएचओले गरिब देशमा खोपको पहुँच बढाउन अपील पनि गरेको छ । जुन २०२२ सम्म सबै देशमा कम्तिमा ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्नुपर्ने संगठनले जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा डब्लूएचओका १९४ सदस्य देशमध्ये धेरैले आफ्नो ४० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेका थिए । अफ्रिकामा भने ८५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा पनि पाएका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा