लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ । आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।
आयोगको आज बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले बताएको छ । अन्र्तवार्ता र नियमित काम भने संचालन हुनेछ ।
पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस महामारीका कारण लोकसेवाका सबै परीक्षा सञ्चालन नगर्ने निर्णय भएको छ । पछिल्लो समय तेस्रो लहरको रूपमा नेपालमा पनि दैनिक सङ्क्रमण दर बढ्दै गएको अवस्था छ ।
दैनिक रूपमा सङ्क्रमित थपिँदै गएपछि सबै परीक्षा स्थगित गर्ने निर्णय लोकसेवाले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।