बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित


  • बिहिबार, माघ ६ २०७८
4.8K
SHARES

फाईल तस्बिर

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।  परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।

पछिल्लो समय बढ्दै गएको कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन नगर्ने निर्णय भएको विश्वविद्यालय स्रोतको भनाइ छ ।  विश्वव्यापी फैलिएको कोरोना पछिल्लो समय तेस्रो लहरको रूपमा नेपालमा पनि दैनिक सङ्क्रमण दर बढ्दै गएको अवस्था छ ।

स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरे पनि दैनिक रूपमा सङ्क्रमित थपिँदै गएपछि सबै परीक्षा स्थगित गर्ने निर्णय  गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा