शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्ति : सीके राउतलाई दिइन् ज्यान मार्ने धम्की !


  • बिहिबार, माघ ६ २०७८
14.1K
SHARES

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्ति आएको छ । जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई  ज्यान मार्ने धम्की दिएकी हुन् । मन्त्री यादवले मन्त्रीको गरिमालाई नै भुल्दै आफूहरूसँग टकराए मारिन सक्ने धम्की दिएकी हुन् ।

बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा