मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणलाई मास्क अनिवार्य गर्ने सम्बन्धमा एक किसिमको कारबाही गरिएको हो ।’
टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । उनका अनुसार मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।